१३ असोज २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सैंबुमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिलान्यास गरेका छन् ।
करिब एक अर्ब २० करोड लागतमा २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा ३ तले भवन बनाइनेछ ।
बन्न लागेको भवनको भुइँतलामा सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष समेत हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने शहरी विकास मन्त्रालयले जनाएको छ ।