‘दशैँ आयो’ भन्दै नाच्दैछन् रीमा र दिक्पाल



१४ असोज २०७६, काठमाडौँ

हिन्दुहरुको महान चाड दशैँको चहलपहल सुरु भैसकेको छ । बजारमा किनमेल गर्नेको भीड लाग्न थालिसकेको छ । यस्तै बजारमा दशैँ विशेष थुप्रै गीतहरु सार्वजनिक भएका छन् । त्यस्तै माया लुकी लुकी गीतबाट सर्वाधिक चर्चा पाएकी गायिका टिका प्रसाईको पनि दशैँको गीत सार्वजनिक भएको छ ।

हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत रहेको दशैँ आयो बोलको गीतमा टिका प्रसाई र लोक पौडेलको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा रीमा विश्वकर्मा र दिक्पाल कार्की फिचर्ड छन् । यो गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्