१४ असोज २०७६, काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट राजीनामा गर्न सुझाव दिने निर्णय गरेको छ ।
दुवै पदबाट राजीनामा दिइ अनुसन्धान प्रक्रियालाई सहयोग गर्न सचिवालयले सुझाव दिएपछि आजै महराले राजीनामा दिने नेकपाका एक केन्द्रीय सदस्यले परिवर्तन खबरलाई बताए ।