नेहासँग ब्रेकअपबारे पहिलो पटक बोले हिमांश, यस्तो रहेछ ब्रेकअपको कारण



१४ असोज २०७६, काठमाडौँ

कुनै समयमा बलिउडकी चर्चित गायिका नेहा कक्कर र हिमांश कोहलीको प्रेमले बलिउड खुबै तताएको थियो । इन्डियन आइडल को स्टेजमा यी दुईले आफ्नो प्रेम स्वीकारेका थिए । त्यसको केही समयपछि उनीहरु अलग भएका थिए ।

हिमांशसँग ब्रेकअप भएको केही समय नेहाको लागि निकै नै मुश्किल थियो । उनी डिप्रेशनको अवस्थामा पुग्न लागिसकेकी थिइन् । अहिले भने उनी आफ्नो जीवनमा अघि बढिसकेकी छिन् । यस्तै हिमांश र नेहाको ब्रेकअप पछि नेहाले आफ्नो मनको कुरा भनेपनि हिमांशले यस विषयमा कतै मुख खोलेका थिएनन् ।

नेहासँग ब्रेकअप भएको धेरै समयपछि हिमांशले यसबारे बोलेका छन् । एक अन्तवार्तामा उनले बितेको कुरालाई आफूले अब फर्काउन नसक्ने बताएका छन् । उनले नेहा र आफ्नो बिचमा जे भएको भएपनि नेहाप्रति आफ्नो सम्मान सधैँ नै रहने बताए ।

हिमांशले आफूले सधैँ नेहाको सफलताको नै कामना गर्ने गरेको बताए । उनले नेहाप्रति आफ्नो त्यस्तो कुनै गलत धारणा नभएको पनि स्पष्ट पारे । उनले नेहा सफा मन भएकी केटी भएको पनि बताए । उनले भविष्यमा मौका मिलेमा नेहासँग आफू फेरि काम गर्ने पनि बताए । हिमांशले ब्रेकअपको मुख्य कारण भने बताएनन् ।

प्रतिक्रिया दिनुहोस्