१५ असोज २०७६, काठमााडौँ
नेपाली चलचित्र क्षेत्रमा योगदान दिने पुराना देखि नयाँ नायिकाहरुलाई नवदुर्गा सम्मान बाट सम्मानित गरिएको छ । भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापा, दिपाश्री निरौला, सत्तिचा लुईटेल, नम्रता श्रेष्ठ र स्वस्तिमा खड्कालाई नवदुर्गा सम्मान गरिएको हो ।
नाचघरमा आयोजित भव्य कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित भएपछि सबै नायिकाहरुले यो सम्मानको लागि आफू निकै आभारी भएको र आगामी दिनमा पनि निरन्तर चलचित्र क्षेत्रमा योगदान दिइरहने बताए ।
कार्यक्रम आयोजक विमला केसीले नौ कलाकार चलचित्र क्षेत्रका लागि देवी भएको बताइन् । कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । रक्षा नेपालको सहयोगार्थ दशैंको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो ।