छायांकन नसकिदैँ विपिनको ‘सेल्फि किङ्ग’ ले कमायो २५ लाख



१५ असोज २०७६, काठमाडौँ

अभिनेता विपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र सेल्फि किङ्गको अहिले धमाधम छायांकन भैरहेको छ । छायांकनमा छदैँ यो चलचित्रले २५ लाख कमाएको छ ।

फिल्मको अष्ट्रेलिया राइट्स निकै महँगो मुल्यमा बिक्री भएको छ । विदेशमा उच्च माग रहेको यो फिल्मको अष्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको हो ।

अन्य राष्ट्रहरुबाट पनि राइट्सको प्रस्ताव आइरहेको चलचित्रका निर्माताले बताएका छन् । आजभोली नेपाली चलचित्रले विदेशमा राम्रो कमाई गर्न थालेका छन् । जुन नेपाली चलचित्र क्षेत्रको लागि निकै नै खुसीको खबर हो ।

प्रतिक्रिया दिनुहोस्