‘सानो छदाँ मलाई मेरो नाम पटक्कै मन पर्दैनथ्यो’ : केकी अधिकारी



१५ असोज २०७६, काठमाडौँ

केकी अधिकारी नेपालकी चर्चित नायिका हुन् । उनले अभिनय निकै नै राम्रो गर्छिन् । अझ केकीको खासियत के छ भने उनी जस्तोसुकै भूमिकालाई पनि जीवन्त उतार्न सक्छिन् । तर विडम्बना केकी अभिनीत चलचित्र त्यति सफल छैनन् । तरपनि उनको डिमाण्ड भने घटेको छैन ।

केकी अधिकारीले एक अन्तवार्तामा सानो छदाँ आफूलाई आफ्नो नाम पटक्कै मन नपर्ने बताएकी छिन् । उनलाई उनको नामको अर्थ पनि थाहा थिएन सानो मा । उनी बाबालाई पटक पटक सोध्ने गर्थिन्, मेरो नाम किन यस्तो अप्ठ्यारो राखिदिनुभएको ? केकीको अर्थ मयूर रहेछ । यो कुरा केकीले उनको बाबाले भनेपछि मात्र थाहा पाइन् ।

झट्ट सुन्दा केकीको नाम अप्ठ्यारो लाग्न सक्छ । तर केकीलाई अहिले यो नाम संसारकै सबैभन्दा सुन्दर नाम भएको जस्तो लाग्छ । उनलाई आफ्नो नाम अहिले निकै नै मनपर्छ । त्यसैले आफ्नो नामबाट उनी अहिले निकै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्