महात्मा गान्धीको जन्मजयन्ती मनाइँदै



काठमाडौं।विश्वले मानेका भारतका महान् नेता महात्मा गान्धीको जन्म भएको १५० वर्ष पूरा भएको छ।

बुधबार १५१ औँ गान्धी जयन्ती मनाईँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिन (अक्टुबर २) अन्तराष्ट्रिय अहिंसा दिवस पनि मनाउने गरिन्छ।

गान्धीको जन्मजयन्तीलाई अन्तराष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने गरिएको हो। गान्धीको अहिंसात्मक विरोध तथा आन्दोलनको बलमा भारत अंग्रेजको उपनिवेशबाट मुक्त भएको थियो।

विश्व समाजले मानेका नेता महात्मा गान्धीले नेतृत्व गरेको चर्खा आन्दोलन, नुन आन्दोलन अहिंसावादी आन्दोलन थिए।

प्रतिक्रिया दिनुहोस्