१५ असोज २०७६, काठमाडौँ
दशैँ सबैका लागि विशेष चाड हो । आफन्तजनहरुसँग भेट्न पाइने, रमाइलो गर्न पाइने हुदाँ दशैँ सबैलाई निकै मनपर्छ । यस्तै दशैँको माहोल सुरु भैसकेको छ । राजधानीबाट कति मानिस त दशैँ मनाउनको लागि आफ्नो मूल घर समेत गइसकेका छन् । यस्तै दशैँ आम दर्शकको लागि मात्र नभएर सेलिब्रेटीका लागि पनि स्पेशल नै हुन्छ ।
बर्षभरि उनीहरु काममा व्यस्त रहन्छन् । त्यसैकारण छुट्टी मनाउन र साथीभाइसँग भेटघाट गर्न पाइने भएकाले कलाकारका लागि पनि दशैँ विशेष चाड हो । यस्तै महानायक राजेश हमालले पनि एक कार्यक्रममा यसपालीको आफ्नो दशैँको योजना सुनाए ।
उनले यसपाली आफ्नो दशैँमा धनकुटामा मनाउने योजना भएको भएपनि पानी परेका कारण धनकुटामा कार्यक्रम नै नहुने भएको छ । त्यसकारण दशैँ यसपाली राजेशले काठमाडौँमा नै मनाउने सुर गरेका छन् ।
यस्तै राजेशले दशैँमा विवाह भएको बर्षदेखि अहिलेसम्म ससुराली नगएको बताए । उनलाई ससुराली जादाँ रमाइलो लाग्छ । तर दशैँ तिहार जस्ता महान् चाडमा भने उनी ससुराली गएका छैनन् ।