आप्रवासीको खुट्टामा गोली हान्न ट्रम्पको सुझाव



१५ असोज २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको आगमनलाई सुस्त बनाउन खुट्टामा गोली हान्न सुझाव दिएका छन्।

आप्रवासीहरुलाई दक्षिण बोर्डरबाट अमेरिका भित्रिन नदिनका लागि अपनाउनुपर्ने विधिमध्ये उनले एउटा यो सुझाव दिएको दि न्यूयोर्क टाइम्सका दुई पत्रकारले निकालेको किताबमा उल्लेख छ।

उनले एक गोप्य बैठकमा त्यस बोर्डरमा गोही, सर्प, तार तथा बिजुली लगाइदिन समेत आग्रह गरेको टाइम्सले जनाएको छ। दक्षिण बोर्डरमा पर्खाल बनाउन राष्ट्रपति ट्रम्पको मुख्य उद्देश्य रहेको छ।

त्यस क्षेत्रमा कम्तीमा पनि ३२१८ किलोमिटर लामो पर्खाल जरुरत पर्दछ। उनले गोप्य रुपमा सेनालाई आप्रवासीको खुट्टामा गोली हान्न आग्रह गरेका हुन् तर उनलाई त्यसो गर्नु अवैध हुने समेत बताइएको थियो।

केही समय अघि ट्रम्पले ढुङ्गा हान्ने आप्रवासीलाई गोली हान्न सार्वजनिक रुपमै भनेका थिए।

प्रतिक्रिया दिनुहोस्