नायिका ऋचा शर्मा भन्छिन् : ‘सभामुख महरा कानून भन्दा ठूला होइनन्’



१५ असोज २०७६, काठमाडौँ

अहिले सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि यहि घटनाले बजार तताइरहेको छ । जताततै यहि विषयमा मात्रै कुरा भैरहेको छ । यस्तै नायिका ऋचा शर्माले आफ्नो फेसबुकमा स्टाटसमार्फत यस विषयमा केही लेखेकी छिन् ।

उनले यो केसलाई यत्तिकै रफादफा गर्न नमिल्ने बताएकी छिन् । ऋचाले यस विषयमा निष्पक्ष छानबिन हुन आवश्यक भएको बताएकी छिन् । उनले कानून सबैका लागि समान भएकाले महरा कानूनभन्दा माथि होइनन् भनेकी छिन् ।

ऋचाको स्टाटस जस्ताको तस्तै–

संघीय संसद सचिवालयमा कार्यरत एक महिलाले सभामुख कृष्ण बहादुर महरालाई बलात्कार गरेको भनि आरोप लगाउनु भएको रहेछ । सभामुखका प्रेस सल्लाहकारले त ति महिला कठपुतली हुन भनेर घटनालाई रफादफा बनाउन खोजे । अरूको खासै कुनै स्पष्ट विचार आइपुगेको छैन ।

कानुन सबैका लागि समान हुनु पर्दछ । महरा कानुन भन्दा ठूला होइनन् । यो विषयमा अनुसन्धान हुनु निकै जरुरी छ । सबैले आफ्नो आफ्नो क्षेत्रबाट सरकारलाई दबाब देऊ, अनुसन्धान हुनुको अर्थ उनी दोषी नै हुन् भन्ने पनि त होइन । सत्यतथ्य बाहिर आओस् । यो घटना गम्भीर छ, दोषीलाई कारबाही हुनै पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्