अष्ट्रेलियाको आकाशमा मुटु झस्किने उडान(५ तस्वीर)



१६ असोज २०७६, काठमाडौं

अष्ट्रेलियाको ब्रिस्बेनमा अधिकांश स्थानीयबासी घरको कौसीमा निस्किएर आकाशतिर हेर्दै थिए।

नजिकैबाट विशाल विमानहरु उडेको दृष्य र ती विमानले निकालेका आवाज उनीहरुका लागि डरलाग्दो अनुभव थियो।

ती विमान अष्ट्रेलियाकै वायुसेनाको हो। गगनचुम्बी भवनहरुको बीच–बीचमा बाटो बनाएर ती विमान उडिरहेका थिए। घरको कौसीमा निस्किएर हजारौं स्थानीयबासीले ती दृष्य हेरेका थिए।

समाचार एजेन्सीहरुका अनुसार गत शनिबार अष्ट्रेलियन वायुसेनाले ब्रिस्बेनको आकाशमा असाधारण कला प्रस्तुत गर्ने क्रममा खतरनाक शैलीमा उडान गरेका हुन्। ती विमान वार्षिक रुपमा आयोजना हुने एउटा कार्यक्रमको हिस्सा बनेर अभ्यासमा केन्द्रीत भएका हुन्।

वायुसेनाका लडाकू जेट विमानका साथै कार्गो विमानले पनि आफ्नो कला प्रस्तुत गरेका थिए। आपतकालीन अवस्थामा जस्तोसुकै परिस्थितिकाबीच विमान उडाउनुपर्ने भएकाले वायुसेनाले यस्तो अभ्यास गर्ने गरेको अधिकारीहरुको भनाइ छ।

केहीले भने यस्तो उडानलाई ‘जोखिमपूर्ण’ भन्दै आलोचना गरेका छन्।

उनीहरुले ‘एउटा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने’ भन्दै मानव बस्ती भएको क्षेत्रमा यस्तो जोखिम उठाउनु खतरनाक भएको बताए।

एजेन्सीको सहयोगमा…

प्रतिक्रिया दिनुहोस्