१६ भदौ २०७६, काठमाडौं
कुखुराको मासु पकाउनुभन्दा अघि पखालेर खानाले फुड पोइजनिङको जोखिम बढ्न विभिन्न अध्ययनले खुलाएको छ। कुखुराको मासुलाई पखालेर पकाउँदा क्याम्पी लोबाक्टर ब्याकटेरियाको संक्रमण हुने अध्ययनमा उल्लेख छ।
कुखुराको मासुलाई पानीले धुँदा मानिसको हातमा, काम गर्ने ठाउँमा, लुगामा अनि खाना पकाउने भाँडामा ब्याकटेरिया फैलन सक्छ।
क्याम्पी लोबाक्टर ब्याकटेरियाले फुड पोइजन गराउन सक्छन्। यो ब्याकटेरिया बेलायतमा फुड पोइजन गराउने कारण मध्ये एक पनि मानिन्छ।
प्रायः जसो यो ब्याकटेरियाको इन्फेक्सन पोल्ट्रीबाट नै आउने गर्दछ। बेलायतमा बेचिने ५० प्रतिशत कुखुरामा यो ब्याकटेरिया हुने गर्दछ।
क्याम्पी लोब्याकटर ब्याकटेरियाको फुड पोइजनिङले पेट दुख्ने, उच्च झाडापखाला तथा कहिलेकाहीँ २ दिन या ५ दिनको बीचमा बान्ता पनि गराउन सक्छ।
ब्याकटेरियाबाट बच्ने तरिकाः
कुखुराको मासुलाई छापेर राख्नुहोस्ः
कुखुराको मासुलाई एकैछिन छोपेर यत्तिकै राख्नुहोस् र केही समय फ्रिजको तल्लो भागमा राख्नुहोस्।
ताकि, कुखुरामा रहेको रस अरु खानामा परेर संक्रमण नहोस्।
कुखुराको काँचो मासुलाई नपखाल्नुहोस्ः
ब्याकटेरिया कुखुराको मासुमा छ भने पकाएर जान्छ। क्याम्पी लोबाक्टर समेत पाक्छ। पकाउनु अघि पखाल्दा ब्याक्टेरिया झन् फैलिन सक्छन्।
त्यसैले मासु कहिल्यै पखाल्नु हुँदैन।
भाडाकुडा पखालौँः
कुखुराको मासु बनाउँदा सबै भाँडाहरु सफासँग धुनुहोस्। त्यसैगरी चपिङ बोर्ड अनि पकाउने एरिया सफा गर्नुहोस्।
मासु छोइसकेपछि हात राम्ररी साबुनले पखालेर धुनुकोस्। तातो पानीले हात धुनु राम्रो हुन्छ। यसले क्याम्पी लोब्याक्टर फैलिन बाट बचाउँछ।
राम्रोसँग पकाउँहोस्:
मासुलाई राम्रोसँग पकाउनु पर्छ। एक सय डिग्री सेल्सियसमा पकाउनु उत्तम हुन्छ।