१८ असोज २०७६, काठमाडौं
प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालको ३३१ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । ३३५ मध्ये रिक्त रहेका तीन जना साविकको वाइसिएल नेपालले मनोनित गर्ने भएको छ ।
केन्द्रीय सदस्यहरुलाई कात्तिक १० गतेभित्र आफ्नो नागरिकताको प्रतिलिपि, सम्पर्क नम्बर र इमेल ठेगानासहितको व्यक्तिगत विवरण केन्द्रीय कार्यालयमा दर्ता गराउन संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।