डिजे एसोसिएशन जापानको ‘दशै आयो’ डान्स पार्टी ३ हुँदै



१८ असोज २०७६, काठमाडौं

विगत देखि डिजे एसोसिएशन जापानको आयोजनामा हुदै आएको ‘दशै आयो’ डान्स पार्टी ३ कार्यक्रम यो वर्ष पनि भव्यताका साथ हुने भएको छ ।

डान्स पार्टी कार्यक्रम यही महीनाको १२ तारिक शनिबार भिआईपि चार लोटे सिंन्जुकुमा हुने आयोजकले बताएको छ । पहिलादेखि एच क्लबमा गर्दै आएको सो कार्यक्रम प्राबिधिक कारण ले गर्दा ठाउँ परिवर्तन गराएर असुविधा प्रती आयोजक टिमले क्षमा जनाएको छ ।

दशै आयो डान्स पार्टी ३ कार्यक्रममा जापानमा विभिन्न पेशा व्यवसाय गरि बसोवास गर्ने संपुर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीहरुलाई सहभागी हुन यो समाचार मार्फत आयोजकले अनुरोध गरेको छ ।

यस डिजे डान्स पार्टी कार्यक्रमको डिजे नेपाली युवा माझ निकै नै चर्चित डिजे नबिन सरुन र पिग बिले गर्नेभएका छन भने जापानमा बसोवास गर्ने संपुर्णले उपस्थिती जनाएर उनीहरु सगै भरपुर मनोरञ्जन लिन सक्नुहुने छ ।

यस कार्यक्रमको प्रयोजन जापानमा पहिलो र एक मात्रा नेपाली र्याफ्टिङ कम्पनी यु मी राफ्टिङले गरेको जनाईएको छ । कार्यक्रममा सहभागीताको लागि टिकेट रु २००० ऐन रहेको छ भने सहभागिलाई ड्रिङ्क्स फ्रि मा उपलब्ध गराईएने बताईएको छ ।

टिकेट डोर सेल रहेको हुँदा समय मै पुगि टिकेट लिएर आफ्नो ठाउँ सुरक्षित गर्न समेत आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्