२७ असोज २०७६, काठमाडौँ
असोज २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र छ माया छपक्कै ले बम्पर ओपनिङ गरेको छ । दशैँको विदा परेका कारण र चलचित्रको वर्ड अफ माउथ बलियो भएका कारण चलचित्र लामो सयमसम्म हलमा टिक्ने अनुमान लगाइएको छ ।
केकी अधिकारी, दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शक र समिक्षक दुवैले उत्कृष्ट बताएका छन् । सधैँ कथामा चुक्ने दिपकराज यसपाली भने निकै तारिफ भएको छ ।
चलचित्रको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले असाध्यै रुचाएका छन् । चलचित्रले ३ दिनमा ३ दिनमा लगभग ४ करोडको व्यापार गरेको छ भने धेरै रेकर्डहरु समेत तोड्न सफल भएको छ ।