२७ असोज २०७६, काठमाडौँ
प्रियंका कार्की र आयुष्मान देशराज जोशीको माया अब दर्शकको लागि नयाँ छैन । सबैलाई थाहा छ कि उनीहरु एकअर्कालाई माया गर्छन् । गत बैशाखमा इन्गेजमेन्ट समेत गरेका प्रियंका र आयुष्मानले असारमा विवाह गर्ने बताएका थिए । तर निरन्तर बर्षाका कारण विवाह गर्न नसकिएको प्रियंकाको भनाई छ ।
प्रियंका गसिपमा आइरहने अभिनेत्री हुन् । उनले बेला बेलामा दर्शकको गाली समेत खाने गरेकी छिन् । तर यो कुराले उनलाई कुनै फरक भने पार्दैन । अहिले सामाजिक सञ्जालमा प्रियंकाले फेरि दर्शकको गाली खाने काम गरेकी छिन् ।
उनले आयुष्मानसँग डिप लिप किस गरेको तस्बिर इन्ष्टाग्राममा हालेकी छिन् । जसलाई लिएर धेरै दर्शकले उनको मजाक उडाइरहेका छन् भने कत्तिले गाली पनि गरिरहेका छन् । सायद प्रियंकालाई त्यो तस्बिर गर्दा दर्शकको गाली खान्छु भन्ने थाहा थियो तरपनि उनले तस्बिर सामाजिक सञ्जालमा हालिन् ।