सन्तान जन्माउने कुराबारे स्वस्तिमाको जवाफ : ‘हाम्रो डमरु ढिला आउँछ, कडा आउँछ’



२८ असोज २०७६, काठमाडौँ

निश्चल बस्नेत र स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक रुचाइएको जोडी हो । यी दुईको विवाह भएको लगभग ४ बर्ष भैसकेको छ । तर दुवै अहिले आफ्नो करियर बनाउनमा व्यस्त भएका कारण बच्चा जन्माउने योजनाबारे सोचेका छैनन् ।

निश्चल र स्वस्तिमालाई आजभोली सन्तान जन्माउने कुराबारे धेरै नै प्रश्न गरिने गरिन्छ । हिजो चलचित्र घामड शेरे को ट्रेलर रिलिज कार्यक्रममा पनि निश्चल र स्वस्तिमालाई सन्तान जन्माउने कुराबारे प्रश्न गरेका थिए ।

जहाँ स्वस्तिमाले हाम्रो डमरु ढिला आउँछ, कडा आउँछ भनेर जवाफ दिइन् । स्वस्तिमाको जवाफमा सबै हाँसेका थिए । निश्चल भने केही लजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्