२९ असोज २०७६, काठमाडौँ
दिपक–दिपा नेपाली चलचित्र क्षेत्रमा सफल कलाकार, निर्माता र निर्देशक हुन् । अझ दिपक, दिपा, जितु र केदार नेपाली चलचित्र क्षेत्रमा एकसाथ आएका हुन् र उनीहरुको साथ अझै कायम नै छ । छ एकान छ बाट सुरु भएको उनीहरुको यात्रा छ माया छपक्कै सम्म आइपुग्दासम्म सफल छ ।
यो समूहको कुनैपनि चलचित्र असफल छैनन् । त्यसैकारण पनि दर्शकको यो समूहलाई लिएर बलियो विश्वास छ । छ शब्द आफूलाई फाप्ने सम्झने यो समूहको अर्को बर्ष कुन चलचित्र आउँछ भनेर दर्शकलाई कौतुहलता भैरहेको छ । प्राप्त जानकारी अनुसार यो समूहको अर्को बर्षमा छन् गेडी सबै मेरी आउने बताइएको छ ।
‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्ममा उनकै लगानी रहनेछ । दीपक-दीपाको समुहले नाफाको ६० प्रतिशत लिने सर्तमा यो फिल्म गर्न लागेको हो । यो चलचित्रको छायांकन फागुनबाट सुरु हुने बताइएको छ भने आगामी दशैँमा दर्शकमाझ चलचित्र लिएर आउने सोच रहेको दिपक दिपाले बताएका छन् । यसैबिच उनीहरुले छक्का पञ्जा ४ अलि पछि बनाउने भएका छन् ।