के भन्छन् त एनआरएनएका उपाध्यक्ष पदका उम्मेदवार भाट?



२९ असोज २०७६, काठमाडौं

नरेन्द्र भाट, गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमार्फत् चयन हुने नयाँ नेतृत्वमा मध्यपूर्वबाट उपाध्यक्ष पदका उम्मेदवार हुन्।

महाधिवेशनताका यसो भन्छन् उनीः

म यो महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार हुँ। आजको यो महौल हेर्दा मलाई म जित्छु भन्नेमा म विश्वस्त छु। अनि अर्को आधार भनेको मध्यपूर्वबाट मैले मात्रै प्रतिनिधित्व गरेको हुँदा पनि यो सम्भवाना अझै पनि बलियो बन्न सक्छ।

यस्तै आजको यो माहौललाई हेर्दाखेरी मलाई निकै नै खुसी लागेको छ। म विगत १५ वर्षदेखि एनआरएनएमा आवद्ध छु। यसैले पनि म यो सम्भावना अझ बलियो देख्छु।

प्रतिक्रिया दिनुहोस्