२९ असोज २०७६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी सरकारी कार्यालय शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छिन्।
यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला सुरक्षा निकायले राष्ट्रपतिको इच्छा अनुरुप उनलाई महाराजगञ्जबाट हेलिकोप्टरमा त्रिभुवन विमानस्थल पुर्याएको हो।
राष्ट्रपति भण्डारी म्यानमारको पाँचदिने भ्रमणका लागि बुधबार त्यसतर्फ लागेकी हुन्। उनी त्यहाँबाट सीधै जापान जाने कायक्रम रहेको छ।
राष्ट्रपति भण्डारी अगामी ६ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।