२९ असोज २०७६, काठमाडौं
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट बेलायतको प्रतिनिधित्व गर्दै महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिएका छन् ।
गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तरार्ष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकारमा रही काम गरेका शर्माले गत वर्ष सम्पन्न एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन समेत गरेका थिए।
डा. शर्माका सात प्रतिबद्धताहरु :
१. सबैको एनआरएनए स् अहिले संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध छन् । यसमा पनि महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता अत्यन्त न्यून छ । आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने।
२. सबल र बहुआयामीक एनआरएनए स् गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने।
३. स्मार्ट एनआरएनए स् गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने।
४. परिणाममुखी एनआरएनए स् गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने।
५. दीगो एनआरएनए स् सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने।
६. ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए स् गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने।
७. उत्तरदायी र पारदर्शी एनआरएनए स् गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने। संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने साथै आर्थिक पारदर्शिताका कायम गर्ने ।
यो पनि पढ्नुहोस् :