![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2019/10/lau.jpg?fit=720%2C405&ssl=1)
३० असोज २०७६, काठमाडौं
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ।
बैठकस्थलबाट प्रहरीले विप्लवका दाजु वीरजंगसहित अन्य २१ नेताहरुलाई गिरफ्तार गरेको हो।
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग), राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठा मगर (सुवास) र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीसहितका नेताहरु पक्राउ परेका हुन्।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका ४ मुग्रेटाखोला नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो। गएराति १ बजे प्रहरीले विप्लव समूहका २१ जना नेताहरु पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मध्यपश्चिम कमाण्डका इन्चार्जसमेत रहेका विप्लवका दाजू वीरजंग पनि रहेको स्रोतले जनाएको छ। सरकारले प्रतिबन्ध लगाएपछि ठाउँ ठाउँबाट नेकपाका झण्डै ६ सय नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।