पूर्व मिस नेपाल उषा खड्गी र जीपी तिमल्सिनाको डिभोर्स हुदैँ !



०१ असोज २०७६, काठमाडौँ

पूर्व मिस नेपाल उषा खड्गी र जीपी तिमल्सिनाको डिभोर्सको खबरले अहिले बजार तात्तिरहेको छ । केही समयदेखि यी दुईबीच झगडा हुदैँ आएको र अब डिभोर्स हुन लागेको खबर सुन्नमा आएको छ ।

डिभोर्सको खबर जीपीले झुट भएको बताएका छन् भने घरझगडा भएको कुरा उनले स्वीकारे । उषा भने यस विषयमा प्रश्न गर्दा रिसाएको स्रोतले बताएको छ । तर उनीहरुबीच अब सहमति नहुने देखिएको कुरा पनि चलिरहेको छ ।

उषा र जीपी उषा मिस नेपाल बन्नु भन्दा अगाडी देखि नै एकअर्काको प्रेममा थिए । यी दुइले २०५९ सालमा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्