०१ कार्तिक २०७६, काठमाडौं
प्रतिनिधि तथा प्रदेश सभाको उपनिर्वाचनका लागि आयोगले कार्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको उम्मेदवारी दर्ताको समय तोकेको हो।
सम्बन्धित जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ। यस्तै, स्थानीय तहका लागि कार्तिक २७ गतेको समय तोकेको छ। स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै उम्मेदवारी दर्ता हुने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
उपनिर्वाचनले सातवटै प्रदेशलाई छुने भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने वडाहरू सबै प्रदेशमा छन्।
प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २९२०, भक्तपुर १९१० र दाङको ३९२० निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। त्यसबाहेक ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो।