भुटानी राजाले भने, ‘नेपाल मेरो जन्मस्थल भएकाले नेपालसँग घनिष्ट सम्बन्ध छ’



०२ कार्तिक २०७६, काठमाडौं

भुटानका राजा जिग्मे खेसर नाम्ग्यालले आफ्नो जन्मस्थान नेपाल भएकाले नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेको बताएका छन्। भुटानका लागि गैह्रआवासीय नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा उनले यस्तो बताएका हुन्।

राजदूत आचार्यले बिहीबार भुटानको राजधानी थिम्पुमा नाम्ग्यालसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छोटो कुराकानीमा क्रममा उनले यो सम्बन्धबारे पुनः दोहोर्याएका हुन्।

यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं आउँदा उनले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए। २१ फेब्रुअरी १९८० मा उनको जन्म काठमाडौंमा भएको थियो।

राजदूतले नाम्ग्यालसमक्ष नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदान–प्रदानका साथै मैत्री सम्बन्धलाइ थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।

तस्वीरः ट्वीटर

प्रतिक्रिया दिनुहोस्