०३ कार्तिक २०७६, काठमाडौँ
धुर्मुस र सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टि भाइरस को छायांकन सकिएको छ । करिब १ महिना अघि राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धुर्मुस र सुन्तलीले चलचित्रको छायांकन सुरु गरेका थिए ।
यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरिरहेका छन् । यस्तै चलचित्रमा धुर्मुस, सुन्तलीका साथै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
करिब २ करोड लगानीमा निर्माण भएको चलचित्रको एक गीतको मात्र छायांकन बाकिँ रहेको र त्यसको छायांकन सकिए लगत्तै चलचित्रको रिलिज डेट फिक्स गर्ने धुर्मुसले बताएका छन् ।