डिभोर्सको झुटो खबर बाहिर आएपछि आक्रोशित हुदैँ उषाले लेखिन् यस्तो स्टाटस



०३ कार्तिक २०७६, काठमााडौँ

केही समयदेखि सामाजिक सञ्जालमा पूर्व मिस नेपाल उषा खड्गी र जीपी तिमल्सिनाको डिभोर्सको कुराले तहल्का मच्चाइरहेका छ । उषा र जीपीको डिभोर्स हुन लागेको कुरा बाहिर आएपछि अहिले उषाले यसप्रति आक्रोश पोखेकी छिन् ।

उषाले आफ्नो निजी जीवनको कुरा बाहिर ल्याएकोमा आफ्नो चित्त दुखेको बताइन् । उनले डिभोर्सको खबर झुटो भएको भन्दै कुनै आधार नभेट्टाई अनावश्यक समाचार नछाप्नको लागि पत्रकारलाई अनुरोध समेत गरेकी छिन् ।

उषाको स्टाटस जस्ताको तस्तै–

“मेरो देशनै अचम्मको,पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाइ आफु खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ। म अचम्म र स्तब्ध छु,सामाजिक संजालमा नेपाली मिडियाले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ता को जरुरी पर्छ।तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”

प्रतिक्रिया दिनुहोस्