०३ कार्तिक २०७६, काठमाडौं
व्यस्त जीवनशैलीका कारण आजकाल मानिसहरूमा तनाव आम समस्याका रूपमा देखिन थालेको छ। तनावका कारण मानिसहरू धेर रिसाउने गर्दछन्।
अफिसको टेन्सन वा कुनै अन्य कारणले तपाईँ नचाहँदा–नचाहँदै पनि दिमागमा दबाब अनुभव गर्न थाल्नुहुन्छ र रिसाउन थाल्नुहुन्छ।
तर बढी मात्रामा रिसाउनु भनेको स्वास्थ्यको दृष्तिकोणले हेर्दाे हानिकारक हुने चिकित्सकहरु बताउँछन्।
रिसले गर्दा मस्तिष्कका हर्मोनहरूमा प्रभाव पर्छ र दिमाग शून्य हुन थाल्छ। यसले सोच्ने क्षमतामा पनि नकारात्मक प्रभाव पार्छ। यसबाट तपाईँलाई माइग्रेन, तनाव र अवसाद जस्ता समस्या उत्पन्न हुन थाल्छन्।
आज हामी केही कुराहरु हेर्दै छौँ कि जसले क्रोधलाई नियन्त्रणमा राख्न मदत पुर्याेउँछः
दही
दही क्याल्सियम भरपूर हुनाले दही सेवनले मूड ताजा राख्छ। यसबाहेक रजस्वला हुँदा दिनको दुईपटक दही खानुभयो भने ताजा अनुभव गर्न सक्नुहुन्छ।
यसको सेवनले हर्मोनमा परिवर्तन र एस्ट्रोजेन प्रोगेस्टेरोनलाई सन्तुलनमा राख्न मदत गर्दछ।
ओखर
ओमेगा ३ फ्याट्टी एसिड तथा म्याग्नेसियमले भरपूर ओखर राति सुत्नुअघि खाँदा रिस नियन्त्रण गर्दछ।
यसको सेवनले मस्तिष्कमा सेरोटोनिन स्तर छिट्टो बढ्छ र तनाव कम हुन्छ। अनि मिठोे निद्रा पनि लाग्छ।
केरा
दिनमा दुईवटा केरा खाँदा मूड फ्रेश हुन्छ। यसमा भएको कार्बोहाइड्रेट्स, पोटेसियम, भिटामिन बी६ र म्याग्नेसियमले मस्तिष्कमा सेरोटोनिन स्तर बढाउँछ।
पानी
दिनमा कम्तीमा आठ गिलास पानी पिउनुभयो भने रिस नियन्त्रणमा हुन्छ। पानी पिएपछि तपाईँ आनन्दित अनुभव गर्नुहुन्छ र रिस कम हुन्छ।
कफी
दिनको दुई कप कफी पिउँदा डिप्रेसन लाग्न पाउँदैन।
यसमा फोलिक एसिड, सेलिनियम, फ्याट्टी एसिड र उच्चस्तरीय एन्टीअक्सिडेन्ट हुनाले दिमागका रक्तकोषिकाहरू क्षति हुन पाउँदैनन् र रिस पनि नियन्त्रणमा रहन्छ।
ग्रिल्ड चीज
ग्रिल्ड चीज खाँदा मुखको स्वाद राम्रो हुन्छ र रिसमा आफैं नियन्त्रण हुन्छ।
कार्बोहाइड्रेट्स र भिटामिन बीले भरपूर ग्रिल्ड चीज खाँदा रक्तचाप तथा तनाव कम गरेर रिस नियन्त्रणमा ल्याउन सकिन्छ।