आफ्नो तिहारको गीत विवादमा परेपछि दुर्गेशले भने : ‘म बाट गल्ती भएकै हो’



०४ कार्तिक २०७६, काठमाडौँ

दुर्गेश थापा अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक हुन् । यस्तै केहीसमय अघि उनले तिहारको शुभकामना दिदैँ एक गीत निकालेका थिए । जुन गीतलाई युवावर्गले त निकै नै रुचाए तर उनको गीत विवादमा पर्न गयो ।

उनको गीतले तिहार जस्तो पवित्र पर्वको बेइजत गरेको भन्दै आलोचना गरियो । कत्तिले गीतको नाउँमा दुर्गेशले रक्सीको विज्ञापन गरेको समेत बताए । यस्तै दुर्गेशलाई उजुरी समेत हालियो ।

दुर्गेशको गीतमाथि मुद्दा परेपछि दुर्गेशले आफ्नो गल्ती स्वीकारीत्तो गरेका छन् । उनले आफूबाट गल्ती भएकै हो भनेका छन् । उनले अब प्रहरी चौकीमा गएर छलफल गरेर यो कुरालाई मिलाउने कोशिस गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्