तिहार गीत विवादमा परेपछि दुर्गेश थापा पक्राउ



०५ कार्तिक २०७६, काठमाडौँ

चर्चित गायक दुर्गेश थापा पक्राउ परेका छन् । केहीसमय अघि उनले निकालेको तिहारको ह्यापी तिहार चिसो बियर बोलको गीतको अत्याधिक आलोचना भएपछि उनी  विरुद्ध उजुरी हालिएको थियो । अहिले दुर्गेशलाई पक्राउ गरिएको छ ।

यसअघि दुर्गेशका कुनै गीत विवादमा आएका थिएनन् । तर यो गीतले समाजमा विकृति फैलाएको र तिहार जस्तो पवित्र चाडको अपमान गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । गीतमा उनले रक्सीको  विज्ञापन गरेको पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्