मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुदैँ, १६ देखि ५५ बर्षसम्मकाले भाग लिन पाइने



०६ कार्तिक २०७६, काठमाडौँ

युवतीहरु आफ्नो शरीर पातलो र मिलेको भए हुन्थ्यो भन्ने चाहन्छन् । हुन त सुन्दर देखिने रहर कसलाई हुदैँन र । मोटी युवतीहरु चाहिँ राम्री नै हुदैँनन् भन्ने पनि होइन । तरपनि धेरै युवतीहरुको चाहना आफ्नो शरीर मोटो भन्दा पातलो नै भए हुन्थ्यो भन्ने हुन्छ ।

मोटोपनाले कतिपय बेलामा समस्या पनि निम्त्याउने गरेको छ । तर यहि मोटोपनाले कहिलेकाहि युवतीहरुको अवसरको ढोका पनि खोलिदिन्छ । यसको उदाहरणको रुपमा ‘सुपर प्लस साइज मोडल नेपाल’ लाई लिन सकिन्छ ।

यो मोटी युवतीहरुको सौन्दर्यको प्रतियोगिता हो । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना हुन लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवतीरमहिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२०’ मा सहभागिता जनाउन पाउनेछन् । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्