०६ कार्तिक २०७६, काठमाडौँ
सामाजिक सञ्जालमा अत्याधिक चर्चामा आउने जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । आलिया र रणवीर विगत केही समयदेखि एकअर्काको प्रेममा छन् । यी दुईको विवाहको खबर पनि सामाजिक सञ्जालमा धेरै पटक आइसकेको छ ।
यस्तै अहिले भने सामाजिक सञ्जालमा रणवीर र आलियाको विवाहको कार्ड भाइरल भैरहेको छ । कार्डमा रणवी र आलियाको २०२० जनवरी २२ मा जोधपुरमा हुने बताइएको छ । यद्दपि यसबारे रणवीर र आलियाको परिवारबाट भने कुनैपनि जानकारी आएको छैन ।
कार्डमा महेश भट्टको नाम पनि गलत लेखिएको छ । जसबाट पनि कार्ड सक्कली होइन भन्ने प्रमाणित हुन्छ । तर रणवीर र आलियाको चाडै नै विवाह हुने कुरा बताइएको छ ।