पिनास भएको कसरी थाहा पाउने? यसबाट बच्न यसो गर्नूहोस्…….



०६ कार्तिक २०७६, काठमाडौं

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो। साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्। जुन स–साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।

चिकित्सकहरुका अनुसार, पिनास हुनुको मूख्य कारणै साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।

कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ ।

पिनासका लक्षणहरुः

–नाक बन्द भइरहन्छ।

–नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहन्छ।

–टाउको भारी हुन्छ।

–सुध्ने शक्तिमा कमि आउछ।

–ज्वरो आउने हुन्छ।

–जीउ दुख्ने हुन्छ।

–नाक, आँखा चिलाउने हुन्छ।

–नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने हुन्छ।

–हाँछ्यु आइरहने हुन्छ।

बच्ने उपायः

–प्रशस्ता मात्रामा पानी पिउनुहोस्।

–सुख्खा हावापानीबाट टाढै बस्नुहोस्।

–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी बसाल्नुहोस्।

–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्याउने धुलो–धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुहोस्।

प्रतिक्रिया दिनुहोस्