ट्रकमा ३९ जना मृत फेला



०६ कार्तिक २०७६, काठमाडौं

बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो।

मृतकहरूमा ३८ जना वयस्क र एक किशोर रहेका बताइएको छ। घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरीक्षक एन्ड्र मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्, ‘यो निकै दुःखद् घटना हो। जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ।’

घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० बजे जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको प्रहरीको भनाइ छ। मारिनरले भने, ‘हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौं। तर यो केही लामो हुनसक्नेछ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ।

उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको आशंका गरिएको छ। प्रहरीले ट्रक (लरी)चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्