०७ कार्तिक २०७६, काठमाडौँ
यहि कार्तिक ८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको चलचित्र घामड शेरे २ हप्ता पछाडी सरेर अब कार्तिक २२ मा प्रदर्शन हुने भएको छ । हिजोमात्र मल्टिप्लेक्समा टिकट बुकिङ खुल्ला गरिएको छ ।
घामड शेरे ले न्युन सोज पाएपछि चलचित्रको रिलिज डेट नै पछाडी सारिएको हो । यस्तै अब कार्तिक ८ मा पोई पर्यो काले सोलो रिलिज हुने भएको छ । यसले पोई पर्यो काले लाई भने केही हदसम्म फाइदा नै भएको छ ।
मल्टिप्लेक्स मा पोई पर्यो काले र घामड शेरे लाई भन्दा हिन्दि चलचित्र हाउसफूल ४ लाई ४ गुणा बढी सोज दिइएको छ । यस्तै निश्चल बस्नेतले आक्रोशित हुदैँ फेसबुकमा स्टाटस समेत लेखेका छन् ।
निश्चलको स्टाटस जस्ताको तस्तै–