‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईले भने, ‘चलचित्र मैले सोचेका भन्दा राम्रो रहेछ’



०७ कार्तिक २०७६, काठमाडौँ

चलचित्र छ माया छपक्कै अहिले पनि भव्यताका साथ देशभरका हलमा प्रदर्शनरत छ । चलचित्रलाई समिक्षक र दर्शक दुवैले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । यस्तै छ माया छपक्कै हेर्न मगंलबार राजधानीको सिभिल मलमा बाबुराम भट्टराई पनि पुगेका थिए ।

उनले चलचित्र छ माया छपक्कै आफूले सोचेभन्दा धेरै राम्रो पाएको बताए । उनले यस्ता चलचित्र बन्न अझै आवश्यक रहेको बताए । बाबुरामले चलचित्र निर्माण टिमसँग बसेर नै चलचित्र हेरेका थिए ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विदेशी चलचित्रले प्रभुत्व जमाएको नेपाली बजारमा यस्ता फिल्मलाई प्रबर्धन गर्नु सबै हिसाबले उपयुक्त हुनेछ ।’ साथै भट्टराईले निर्माण टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्