०७ कार्तिक २०७६, काठमाडौँ
गरिमा पन्त कुनै सयममा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । उनले अभिनय गरेका प्राय चलचित्रमा उनले सालिन र सोझी भएको क्यारेक्टर निभाएकी छिन् । यसैले धेरै दर्शकलाई गरिमा रियल लाइफमा पनि त्यतिकै सोझी र सालिन छिन् कि भन्ने लाग्छ ।
हुन त गरिमाले सबैको नजरमा आफ्नो राम्रो इमेज बनाएकी छिन् । तर विवाहपछि बेल्जियम होमिएकी उनी अहिले निकै बोल्ड देखिन थालेकी छिन् । गरिमाले फिल्म क्षेत्रमा नफर्कने निर्णय गरेर श्रीमानसँग विदेश पलायन भएकी हुन् ।
यस्तै सामाजिक सञ्जालमा उनले श्रीमानसँगको तस्बिर अपलोड गरिरहेकी हुन्छिन् । उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका कारणले चर्चा पनि पाइरहेकी हुन्छिन् ।