प्रधानमन्त्री अजरबैजान प्रस्थान



०७ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत रहेका छन्।

सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनमा सहभागी हुन जापानबाट बाकु पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्