महराको बयान आज पनि सकिएन, अझै तीन दिन हिरासतमै



०७ कार्तिक २०७६, काठमाडौं

सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन।

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि नसकिएको हो।

बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ।

महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए। यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थपेको थियो।

त्यस्तै, यसअघि २८ असोजमा पहिलोपटक अदालतमा पेश भएका महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्