राजपुर प्रकरणः आलम अझै ८ दिन थुनामै



०८ कार्तिक २०७६, काठमाडौं

सांसद मोहम्मद आफताब आलम अझै ८ दिन थुनामै रहने भएका छन्।

छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो। रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले बताए।

यसअघि थपिएको ५ दिनको म्याद हिजो सकिएपछि आलमलाई शुक्रबार(आज)अदालत लगेर म्याद थप गरिएको हो।

भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको हो। आलम गत २५ असोजमा राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए।

पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो। आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्