०८ कार्तिक २०७६, काठमाडौँ
केहीदिन अघिदेखि रणवीर र आलियाको बिहेको कार्डले बलिउड खुबै तातेको छ । सामाजिक सञ्जालमा रणवीर र आलियाको विवाहको कार्ड भाइरल भएपछि उनीहरुको विवाह हुने कुरा चलेको थियो । तर कार्ड नक्कली भएको सजिलै बुझ्न सकिन्छ ।
तर भारतीय मिडिया अनुसार आलिया र रणवीरले आउने २ हप्ताभित्र विवाह गर्दैछन् । यद्दपि यो कुरा रणवीर र आलियाले भने बताएका छैनन् । यस्तै यतिबेला उनीहरु फ्रान्समा छन् । हालै क्याटरिङ अरेन्जमेन्टका लागि शेफ रितु डालमियासँग सम्पर्क गरिएको थियो । रणवीर र आलिया लामो समयदेखि एकअर्काको प्रेममा छन् । दुईले फिल्म ुब्रह्मास्त्रु मा सँगै काम गरेका छन् ।