एक डान्सर युवती यसरी बनिन् मुकेश अम्बानीकी श्रीमती…



०८ कार्तिक २०७६, काठमाडौँ

निता अम्बानी मुकेश अम्बानीकी श्रीमती हुन् । मुकेश अम्बानी भारतका चर्चित र सफल बिजनेशम्यान हुन् । उनलाई भारतका सेलिब्रेटीदेखि ठूला पदका मानिसले समेत निकै सम्मान गर्ने गरेका छन् ।

धेरैलाई थाहा नहोला मुकेश र निताको प्रेम विवाह भएको थियो । नितालाई नाच्न साह्रै नै मनपर्थ्यो । सानैदेखि नृत्यमा सौखिन निताले भरत नाट्यमको कोर्ष समेत गरेकी छिन् । त्यहि नाच्ने क्रममा एक कार्यक्रममा उनको भेट मुकेशका  पितासँग भएको थियो ।

निताले मुकेशका पिताको मन जितिसकेकी थिइन् । त्यसैले मुकेशका पिताले एकपटक नितालाई मुकेशसँग भेट्न आग्रह गरे । निताले पनि मुकेशको कुरा स्वीकारिन् ।

मुकेश र निता केही समयसम्म भेटिरहने क्रम चल्यो । त्यो भेट विस्तारै मायामा परिणत भयो । अन्ततः मुकेशले नितालाई आफ्नो मनको कुरा भन्ने निर्णय गरे र उनलाई विवाहको लागि प्रपोज गरे । सुरुमा त निताले मानेकी थिइनन् । तर पछि उनको स्वीकारिन् । त्यसपछि सन् १९८५ मा उनीहरको विवाह भयो ।

विवाह गर्दा निता मात्र २२ बर्षकी थिइन् । यी दम्पत्तिको दुई छोरा र एक छोरी सन्तान रहेका छन् । नीता अम्बानीले आइभिएफ मार्फत दुई जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । निता अम्बानीलाई पौडी खेल्न, नाच्न, र आफ्ना सन्तानहरुसँग समय बिताउन एकदमै मनपर्छ ।

नीता मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक पनि हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र नेशनल एसोसिएशन अफ ब्लाइन्डको “दृष्टि” नामक समाज सेवी संस्थामा पनि जुडेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्