सरकार विरोधी प्रदर्शनमा २४ को मृत्यु



०९ कार्तिक २०७६, काठमाडौं

इराकमा सरकारविरुद्ध भएको पछिल्लो प्रदर्शनका क्रममा भड्किएको हिंसाका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार मृत्यु हुनेमध्ये दुईजनाको राजधानी बग्दादमा सुरक्षाकर्मीद्वारा प्रहार गरिएको अश्रु ग्यासको फाइरिङका कारण भएको हो।

समाचारमा जनाइए अनुसार प्रदर्शनकारीले दक्षिण शहरमा रहेको एक मिलिसिया समूहको अखडामा धावा बोलेका थिए। मृत्यु हुनेमध्ये अधिकांशको मृत्यु यहीँ भएको थियो ।

शुक्रबार देशभर भएको प्रदर्शनमा परी अन्य सयौं घाइते भएको बताइएको छ। प्रदर्शनकारीले बेरोजगारहरुका लागि रोजगारी, सार्वजनिक सुविधाको पर्याप्तता, तथा भ्रष्टाचार अन्त्यको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्