प्रधानमन्त्री ओलीको अध्यक्षतामा बाङडुङ सिद्धान्तमाथि छलफल



०९ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औं शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको अध्यक्षता गरेका छन्।

नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चूनौतीहरुको एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ।

बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ। असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिएका हुन्।

उनले १९ औं राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म सो बैठकको अध्यक्षता गर्नेछन्। प्रधानमन्त्री ओलीले २०औं सरकार प्रमुखका रूपमा सो छलफललाई सम्बोधन गर्नेछन्।

यसपछि राष्ट्रपति अलियेभले पुनः अध्यक्षता लिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्