पूर्व सभासद सुवेदीको निधनमा नेकपा प्रदेश ३ को शोक वक्तव्य (वक्तव्य सहित)



०९ कर्तिक २०७६, काठमाडौं

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर १ स्थायी घर भक्तपुर बसोवास गर्ने पूर्व नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद कमला सुवेदीको निधनमा प्रदेश नम्बर ३ नेपाल कम्युनिष्ट पार्टीले शोक वक्तब्य निकाल्दै सुवेदीको निधनले पार्टीलाई अपूरणीय क्षती भएको उल्लेख गरेको छ।

ब्रेनट्युमर भई उपचाररत सुवेदीको ५१ वर्षको उमेरमा गएराती निधन निजि निवास भक्तपुरमा निधन भएको थियो। पशुपति आर्यघाटमा सुवेदीको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए। सुवेदीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्टी महासचिव महासचिव विष्णु पौडेल, नेताहरु अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, आनन्द पोखरेल लगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए।

२०४६ सालमा अनेरास्ववियुको आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा लागेकी सुवेदी नेकपा एमालेको रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, बाग्मती अञ्चल कमिटि सदस्य, बुटवल महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य र २०७० सालको संविधानसभामा मनोनित सभासद् समेत भएकी थिईन।

दिवंगत सुवेदीका श्रीमान्, एक छोरी, एक छोरा रहेको बुझिएको छ।

प्रदेश नं. ३ नेकपाद्वारा जारी प्रेस वक्तव्य :
प्रतिक्रिया दिनुहोस्