१० कार्तिक २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचारहरु बाहिरिरहँदा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
नाम सम्मेलनलाई सम्बोधन गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘रमाइलो कुरा गर्नुभो। काठमाडौंमा हुँदाभन्दा बाकुमा हुँदा दूरी टाढा भयो।’
त्योभन्दा दूरी नबढेको भन्दै उनले अघि भने, तपाईहरुको गणित मिलेन। दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन।’
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डसँग दूरी बढेको हो भनी प्रश्न गरिएको थियो।
फाइल तस्वीर