जापानमा बाढीः १० जनाको ज्यान गयो



१० कार्तिक २०७६, काठमाडौं

जापानको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षापछि आएको बाढीका कारण १० जनाको ज्यान गएको छ।

शनिबार परेको वर्षा र पहिरोले चिवा र फुकुसुवा प्रान्तलाई बढी असर पारेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

जापानमा गएको हप्तामात्र शक्तिशाली समुद्री आँधीका कारण ८० जनाको मृत्यु भएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्