म्यानमारमा विद्रोही समूहका ४० सुरक्षाकर्मी अपहरणित



१० कार्तिक २०७६, काठमाडौं

म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरेका छन्।

सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौंको संख्यामा सुरक्षाकर्मी खटाएको छ।

उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि संघर्ष गरिरहेको छ। जातीय युद्ध लड्दै आएका विद्रोहीको समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई अपहरण गरेको पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गरेका छन्।

उनले विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरेको बताएका छन्। अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलिकप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको सैनिक प्रवक्ता मिनतुनले बताए।

यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास गरिएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन्।

फाइल तस्वीर

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्