लरीमा ३९ शवः चालकविरुद्ध नरहत्या अभियोगमा मुद्दा



१० कार्तिक २०७६, काठमाडौं

लरीको रेफ्रिजेरेटेड ट्रेलरमा मृत अवस्थामा फेला परेका ३९ जनाको हत्यामा संलग्न भएको भन्दै लरीका चालकलाई नरहत्या अभियोग दर्ता गरिएको प्रहरीले जनाएको छ।

बेलायतको एसेक्समा लरीको ट्रेलरमा ३९ जनाको शव भेटिएपछि त्यसको अनुसन्धान गरिरहेको प्रहरीले चालकविरुद्ध अभियोग दर्ता गरेको हो। लरीका चालक मोरिस रोबिन्सन ट्रेलरबाट ३१ पुरुष र ८ महिलाको शव फेला परेपछि पक्राउ परेका थिए। शव गएको बुधबार ग्रेसमा फेला परेको थियो।

एसेक्स प्रहरीले रोबिन्सनविरुद्ध मानव हत्यासहित मानव तस्करी, अवैध आप्रवासन तथा मनी लण्ड्रिङ्ग अभियोगमा पनि मुद्दा दायर गरेको छ। उत्तरी आयरल्याण्डका रोबिन्सनलाई सोमबार अदालत पेश गरिने जनाइएको छ।

उक्त घटनामा संलग्न भएको अभियोगमा अरु तीनजना पनि पक्राउ परेका छन्। प्रहरीले शव पहिचानका लागि प्रयास गरिरहेको बताएको छ।

यो पढ्नुभयो?

ट्रकमा ३९ जना मृत फेला

प्रतिक्रिया दिनुहोस्